क्यानको निर्वाचनमा राखेपको सहमति, निलम्बन हट्ने आश

Share:

काठमान्डौ। नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचन असोज १० र ११ गते गर्ने सहमती बनेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी, राष्ट्रिय खेलकुद परिषद् राखेप र स्वतन्त्र कमिटिका प्रतिनिधि सहितको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।

राखेपको नेपाल क्रिकेट संघ क्यानको निर्वाचनमा विवाद आएपछी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधि ईमरान ख्वाजा र अमर शेखले आज सरोकारवाला निकायसंग आज छलफल गरेका थिए।

आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले असोज ३ र ४ गते काठमाडौंमा निर्वाचन गर्ने तयारी गरेको थियो । तर राखेपले आफुसंग अनुमती नलिएर गरिएको केन्द्रिय निर्वाचन मान्य नहुने बताएपछि क्यानको विवाद समाधानमा नयाँ अवरोध देखा परेको थियो ।

राखेप सदस्य सचिव रमेश शिलवालले राखेपले बनाएको निर्वाचन समितिसंग मात्र चुनाव गराउन सक्ने वैधानिक आधार रहेको अडान राखेका थिए । त्यसैले क्यानको केन्द्रिय निर्वाचन अन्यौलमा परेको थियो।

आजको बैठकले निर्वाचन हुने पक्का भएपछी क्यान निलम्बन छिटै हट्ने संकेत देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: