स्रोत नखुलेको नगद र केही थान चेकसहित एक युवक पक्राउ

Share:

काठमाडौं। काठमाडौंबाट स्रोत नखुलेको नगद रकम र केही थान चेकसहित एक जना युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का २२ वर्षीय मेश कुमार मगरलाई पक्राउ गरेको हो ।

मगरसँग शंकास्पद अवस्थामा १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ फेला पारेको छ। उनीसंग बाट प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको हो।

उनि संगबाट ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न बैंक तथा वित्तिस संस्थाका चेकहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका उमेशमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: