नेपाल र कुवेतबीच बराबरी

Share:

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे ।

यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: