
काठमाडौँ । सिंगापुरमा यही सेप्टेम्बर २७ तारिखबाट सुरु हुने तीन देशबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको हो ।
नियमति उपकप्तान ज्ञानेन्द्र मल्ल अनुपस्थित हुँदा टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिईएको छ ।
नेपाली टोली
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, रोहितकुमार पौडेल, कारण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे र सन्दीप जोरा ।
