राष्ट्रसेवक कर्मचारीको टिमलाई भलिबल प्रतियोगिताको उपाधि

Share:

पोखरा । संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि राष्ट्रसेवक कर्मचारीले हात पारेका छन् । बिहिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद विकास समितिका पदाधिकारीको टिमलाई ३-१ सेटमा पराजित गर्दै कर्मचारीको टिमले उपाधि हात पारेको हो ।

संविधान दिवसलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उद्देश्यले गण्डकी प्रदेश सरकारको आयोजना र गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा प्रतियोगिता भएको थियो।

उपाधि हात पार्न सफल टिमका खेलाडीहरु तथा प्रशिक्षकलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी सरकारका मुख् मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले संयुक्त रुपमा शिल्ड, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रमाण पत्र वितरण पश्चात समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संविधान दिवसलाई यस वर्ष थप प्रभावकारी एवम् उल्लासमय तवरले मनाउने उद्देश्यका साथ प्रदेश सरकारले प्रतियोगिता आयोजना गरेको बताए ।

उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगितमा मुख्यमन्त्री तथा प्रदेश स्तरिय मन्त्री र माननीयहरुको टिम, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, पश्चिमाञ्चल खेलकुद विकास समिती र पर्यटन तथा उद्योग व्यवसायीहरुको गरी ५ टिम सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
Share: