प्रधानमन्त्री ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

Share:

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो साढे दुई बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिए ।

उनका अनुसार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएसँगै आज सदनमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: