
काठमाडौं । नेपाल टेलिकमले गएको भदौ २० गतेदेखि भारतबाट पुनः सञ्चालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरेको छ । संविधान दिवसको अवसरमा शुक्रबार (भोलि)ेदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।
अब यस कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरुले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्वीट्जरल्याण्ड, मलेसिया, सिङ्गापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने टेलिकमले बताएको छ ।
साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) प्रयोग गर्न सक्ने छन् ।
गएको ०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराएको थियो ।
