नेपालको ५ स्थान सुधार, शीर्ष स्थानमा बेल्जियम

Share:

काठमाडौं । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । यसअघी नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको माल्दिभ्स १ सय ५३ औ स्थानमा छ । भारत १ सय ४ औं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: