नेपाल र ताजिकिस्तान भिड्दै

Share:

काठमाडौं ।जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दैछ । आफु भन्दा तुलनात्मक रुपमा बलियो ताजिकिस्तानसँग खेल्न लागेको हो ।

अघिल्ला दुई खेलमा १ अंक जोडेको नेपालले तेस्रो खेलमा आज ताजिकिस्तानसँग खेल्न लागेको हो । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा ताजिकिस्तानसँग मैदान उत्रदा अंक जोड्न नेपाललाई निकै कठिन हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।छनोट समूह ‘ए’ मा रहेको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: