लियो क्लब अफ हेमजाको दिप प्रजोलन

Share:

पोखरा । लियो क्लब अफ हेमजा र लियो क्लब अफ काठमाण्डौ छाब्दि बराहाको संयोक्त आयोजनामा पोखरा २५ हेमजामा शुक्रबार दिप प्रजोलन गरेको छ । संबिधान दिवसको अबसर पारि क्लबले दिप प्रजवलन गरेको कोषाध्यक्ष निराजन अधिकारीले हामीलाई जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले लामो समय पछि जनाताले २०७२ सालमा नेपालको संबिधान पाएको बताउदै संबिधानले समग्र नेपाली जनतालाई समेतेको बताए । उनले जनताले यो संबिधानबाट केही राहातको सास फेर्न पाएको भएता पनि संबिधान चलाउनेलाई खबरदारी गर्न युवाहरुलाई अग्रह गरे ।

कार्यक्रममा वडा सदस्य जित बहादुर कार्की, दलबहादुर कुवँर, समाजसेबी भीमप्रसाद श्रेष्ठ, लियो क्लब अफ हेमजाका पुर्व अध्यक्ष बिष्णुप्रसाद दाहाल र लियो क्लब अफ काठमाण्डौ छाब्दि बराहाका अध्यक्ष जोसन श्रेष्ठ लगाएतले बोलेका थिए । उक्त अबसरमा सदस्य सबिना तिमिल्सिनाले धोजाको अभिबादन र अमृता थापाले लियो पिलिज बाचन गरेका थिए ।

लियो क्लब अफ हेमजाका अध्यक्ष बिकास त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत कार्यक्रम संयोजक मन्जुल केसिले र सञ्चालन प्रथम उपाध्यक्ष सामाना बरालले गरिन ।

कमेन्ट गर्नुहोस्
Share: