कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा शैक्षिक सामाग्री वितरण

Share:

पोखरा । कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले जानकारी दिए।

उक्त कार्यक्रममा बोल्दै वडा सदस्य गेस बहादुर गुरुङ्ले वडाको शैक्षिक विकासका खातिर व्यवसायीहरुले शैक्षिक सामाग्रीहरु प्रदान गरि उल्लेखनिय कार्य गरेको बताए । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा विद्यार्थीहरु जोगाउनु र शैक्षिक गुणस्तर वृद्धि गर्नु निकै चुनौतीपुर्ण रहेको बताउदै उनले यसतर्फ सचेत रहन शिक्षासँग सरोकारवालाहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोसियसनका पुर्व अध्यक्ष जनकराज पराजुलि र पोखरा उद्योग वाणीज्य संघका कार्य समिति सदस्य रामेश्वर अधिकारीले व्यवसायीहरुको सामाजिक उत्रदायित्व अन्तरगत आयस्तर निम्न भएका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठन सहयोगार्थ शैक्षिक सामाग्रीहरु प्रदान गरिएको बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर गुरुङ्ले शारदा आधारभुत विद्यालयको शैक्षिक विकासका लागी अभिभावकहरुको चासो आवाश्यक रहेकामा जोड दिए ।

एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लेखनाथ पौडेल र संचालन महासचिव धर्ममानसिंह भण्डारीले गरे । कार्यक्रममा बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: