खुल्यो टिकट बुकिङ, २५ लाखले काठमाडौं छाड्ने अनुमान

Share:

काठमाडौं । दशैंको लागि सार्वजनिक यातायातको टिकट बुकिङ आइतबारबाट खुलेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउन अन्य जिल्लामा जाने यात्रुका लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ थालेका हुन् ।

टिकट बुकिङ खोल्नुपूर्व यातायात व्यवस्था विभागले शनिबार गोंगबु बसपार्कमा केही सार्वजनिक यातायातका साधनको चेकजाँचसमेत गरेको थियो । विभागका अनुसार दशैंमा चल्ने गाडीहरुको प्राविधिक अवस्था बुझ्न चेकजाँच गरिएको हो ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगाती र लगनखेलमा रहेका काउन्टरहरुबाट टिकट बुक गर्न सकिने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यका आसपासका जिल्लाहरुको लागि भने केही दिनपछि मात्रै टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवसायीहरुले गरेका छन् । दशैंको लागि झण्डै २५ देखि ३० लाखले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।

टिकट बुकिङ आइतबारबाट खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाटमात्रै सञ्चालनमा आउनेछ । चाडपर्वको बेला यात्रु ठगिने सम्भावना रहेकाले सहायता कक्ष सञ्चालन गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: