
काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विदेश विभागको निमन्त्रणामा उनी थाइल्याण्ड हुँदै नेपाल आएका हुन् ।
नेकपाको पार्टी स्कूल विभागका उपप्रमुख घनश्याम भुषाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले सोङ ताओलाई स्वागत गरेका छन् । चिनियाँ राष्ट्रपति सि जिन पीङको नेपाल भ्रमणको तयारीका लागि उनि नेपाल आएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन अन्य ४० जना चिनियाँ काठमाडौं आइसकेका छन् ।
विदेश विभाग प्रमुखसोङले नेपालमा रहदाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने छन् ।
