बाटो नापजाँच गरिरहेका सब-ओभरसियर राईको माटोको ढिस्कोले पुरिएर मृत्यु

Share:

पर्वत । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा खसेको माटोको ढिस्कोले पुरिएर सब-ओभरसियरको मृत्यु भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङका कमल राईको मृत्यु भएको हो ।

बेलबारी नगरपालिका २ का २७ वर्षिय उनको सोमबार बिहान बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले पुरिएर ज्यान गएको हो ।

बिहान १० बजे पहिरो गएर पुरिएका राईको शव प्रहरीले डोजरको सहायतामा खनेर फेला पारेको थियो । उनको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: