फिफा वर्ष खेलाडीको घोषणा आज, को को छन् त मनोनयनमा ? 

Share:

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (सोमबार) राति फिफा वर्ष खेलाडी अवार्ड ‘द बेष्ट’ को घोषणा गर्दैछ । इटालीको मिलानमा आयोजना हुने भव्य कार्यक्रमकाबीच वर्ष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । यस्तै वर्ष खेलाडी महिलातर्फ युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् । महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् । वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: