
काठमाडौं । साझा पार्टीले युवा संगठनको २२ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट साझा युवा संगठनको २२ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो ।
अब्दुस मिया संयोजक रहेको संगठनमा प्रिया सिग्देल सहसंयोजक र सरोज गौतम महासचिव चयन भएका छन् ।
यस्तै संगठनको सदस्यहरुमा मनोज पहारी, जितेन्द्र खतिवडा, प्रकृति पहारी, शिबराज बेल्बासे, सरोज नेपाल, रोहित चन्द, आर्जु लोहनी, सौज्जन डि.सी., प्रशान्त विक्रम सापकोटा, जिनत राई, लक्ष्मी घिमिरे, पदमबहादुर मगर, प्रेक्षा शाक्य, प्रकाश आचार्य, सस्मित पोख्रेल, रामकुमार यादव, टंकप्रसाद जैसी, सुवास खत्री र वर्षा रिसाल रहेका छन् ।
उक्त समिति साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्र र अन्य प्रमुख दलका युवा संगठनका केन्द्रिय नेतृत्वबीच सार्वजनिक गरिएको हो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाल सरकारका राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलको पनि उपस्थिति रहेको थियो ।
