पोखरा मोबाइल टावरमा बुधबारदेखि मोबाइल मेला

Share:

पोखरा । पोखराको मुख्य बजार महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा बुधबारदेखि मोबाइल मेला हने भएको छ । नजिकिदै गरेका चाडपर्वको अवसरमा असोज ८ गतेदेखि कार्तिक १७ गते सम्म मेला हुने पोखरा मोबाइल टावर प्रालिले जनाएको छ ।

विजया दशमीको पावन अवसरमा सांगितिक तथा सांस्कृतिक कार्यक्रम समेत गरी मोबाइल एक्सपो तथा मोबाइल मेला आयोजना गर्न लागेको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

आयोजकले मेलामा सामान खरिद गर्ने मध्ये भाग्यशाली ग्राहकलाई उपहार समेत प्रदान गर्ने भएको छ । उपहार तर्फ प्रत्येक दिन एक जनालाई भित्ते घडी, प्रत्येक हप्ता एक जनालाई १ थान राईस कुकर प्रदान गरिने मोबाइल टावरका अध्यक्ष उदय केसीले जानकारी दिए ।

उनका अनुसार पहिलो पुरस्कार १ जनालाई १६ लिटरको फ्रिज प्रदान गरिने अध्यक्ष केसीले बताए। साथै द्धितिय पुरस्कार २४ इन्चको टिभि १ जनालाई, तेस्रो पुरस्कार जुस मिक्सर १ जनालाई प्रदान गर्ने भएको छ ।

यस्तै चौंथो र पाचौँ पुरस्कार एक/एक जनालाई राइस कुकर र प्रेसर कुकर रहेको छ । आयोजकले मेला अवधिभर सामान किन्ने ग्राहकहरुलाई निशुल्क खाजाको समेत व्यवस्था गरेको छ । पोखरा मोबाइल टावरले मोबाइल खरिद गर्दा मोवाइल इन्स्योरेन्स समेत गरिने अध्यक्ष केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: