मेस्सीसंग बेन्ज़ेमाको बराबरी, मेस्सी अगाडि ३ खेलाडी

Share:

एजेन्सी–रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले यस वर्षभर गरेको गोलको संख्यामा मेस्सी संग बराबरी गरेका छन्। बेन्जेमाले आइतबार सेभिल्लाविरुद्ध खेलमा गोल गर्दै २०१९ मा गोलसंख्या २० पुर्याएका छन् । सिजनको सुरुवातमा घाइते भएर फर्म बाहिर रहेका मेस्सिको नाममा समे २० गोल रहेको छ।

बेन्जेमाको एकमात्र गोलमा रियलले सेभिल्लालाई पराजित गर्दै लिगमा महत्त्वपूर्ण ३ अंक हासिल गरेको थियो । जिनेदिन जिदानका लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका बेन्जेमाले उक्त गोलसँगै सन् २०१९ मा गोलसंख्या २० पुर्याएका छन् । उनीसँगै यस उपलब्धि हासिल गर्नेमा युरोपमा अन्य ४ खेलाडी रहेका छन् ।

मेस्सीभन्दा अगाडी यस सिजन म्यानचेस्टर सिटीका सर्जियो अगुएरोले २२ गोल गरेका छन् । उनी गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन् । यसैगरी बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र पेरिस सेन्ट जर्मेन (पीएसजी) का किलियन एमबाप्पे पनि २१ गोल गर्दै शीर्ष ३ मा अटाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: