
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ ।
आज बिहान सम्पन्न बार्बाडोस जमैका तालेवाजसँग ५ रनले पराजित भएको हो । जमैकाले दिएको १२८ रनको लक्ष्य पच्छ्याउने क्रममा बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो ।
जमैकाविरुद्ध सन्दीपले किफायती बलिङ गरे । ४ ओभरमा १७ रन खर्चेर सन्दीपले २ विकेट लिए । योसँगै सन्दीपले ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।
अब सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर जाने छन् ।
कमेन्ट गर्नुहोस्
