मनाङकाे घ्यारुमा जीप दुर्घटना, चालकको मृत्यु

Share:

मनाङ – हिमाली जिल्ला मनाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मनाङको ङिस्याङ गाउँपालिका २, घ्यारुबाट सदरमुकाम चामे आउँदै गरेको ग १ ज ७२७८ नम्बरको जीप घ्यारुमै दुर्घटना भएको हो ।

दुर्घटनामा चालक मकवानपुरका बर्ष २२ का बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेकटर श्रवणकुमार बिकले बताए ।

मंगलबार बिहान साढे ९ बजेको समयमा जीप दुर्घटना भएको हो । जीपमा ५ जना यात्रु रहेको र उनीहरु गाडीबाट झरेपछि चालकले गाडी फर्काउदा दुर्घटना भएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: