
एजेन्सी। तपाईले कहिल्यै सोच्नु भएको छ पृथ्वीबाट ५ सेकेन्ड अक्सिजन गायब हुने हो भने के हुन्छ भनेर ?
पृथ्वीको वायुमण्डलको २०.९५ प्रतिशत हिस्सा ओगटेको अक्सिजनले नै यस धर्तीमा मानव जीवन सम्भव बनाएको छ । मानव शरीरमा ९६५ अक्सिजन रहेको हुन्छ । एक मानिसले औसतमा दैनिक ५५० लिटर अक्सिजन प्रयोग गर्छ ।
यस धर्तीमा अक्सिजनकै कारण जीवन सम्भव भएको छ । अक्सिजन नहुने हो भने पृथ्वी पनि अरु ग्रहहरु जसरिनै जीवन रहित बन्दथ्यो । यदि कहिल्यै पनि अक्सिजन नहुने हो भने त जीवन नै सम्भव हुने थिएन । तर ५ सेकेन्डको छोटो समयका लागि अक्सिजन नहुने हो भने के होला ?
केहि अनुमान गर्नु भयो त ? आउनुहोस यदि ५ सेकेन्डको छोटो समयका लागि अक्सिजन नहुने हो भने के हुन्छ भनेर थाहा पाईराखौ ।
-समुन्द्रको तटमा बस्ने मानिसहको छाला घामको तापले डढ्नेछ।
-दिनको समयमै रातमा झैँ अध्यारो हुने छ।
-कुनै पनि रासायनिक प्रक्रियामा सामेल नगराइएका फलाम एक अर्कासँग टासिनेछन्।
-सबै मानिसको भित्रि कान फुट्नेछ।
-कंक्रीटबाट बनेका सबै भौतिक पूर्वाधारहरु भत्कनेछन।
-समुद्रहरू वाष्पीकरण हुनेछन्।
-जमीन माथिको सबै चीज तुरून्त पृथ्वीमा खस्ने छन्।
