नियम उल्लंघन गरेपछि लिजेण्ड क्रिकेटर शेन वार्नमाथि गाडी चलाउन प्रतिबन्ध

Share:

एजेन्सी। गति सिमित क्षेत्रमा नियम उलंघन गर्दै तीव्र गतिमा गाडी चलाएपछि अष्ट्रेलियाका पूर्व स्पिनर शेन वार्नलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ । विम्बल्डनको एक अदालतले उनलाई दोषी ठहर गर्दै १२ महिनाको प्रतिबन्ध लगाएको छ।

५० वर्षीय लिजेण्ड क्रिकेटर वार्नले गत अगष्टमा लण्डनमा ४० किमी प्रति घण्टाको गतिमा चलाउनु पर्ने स्थानमा ४७ किमी प्रति घण्टाको गतिमा गाडी चलाएका थिए ।

उनलाई लाइसेन्समा १५ पेनाल्टी अंक समेत प्रदान गरिएको छ । वार्नले सन् २०१६ अप्रिल देखि गत वर्षको अगष्ट सम्ममा ६ पटक तीव्र गतिमा गाडी चलाएको भेटिएको छ । प्रतिबन्धसँगै उनलाई १ हजार ८ सय ४५ पाउण्ड जरिवाना गरिएको छ ।

लिजेण्ड स्पिनर वार्नले १ सय ४५ टेष्टमा ७ सय ८ विकेट हात पारेका छन् भने एकदिवसीयमा १९४ खेल खेल्दै २ सय ९३ विकेट लिन सफल भएका थिए । उनलाई विजार्ड अफ द क्रिकेट पनि भनिन्छ। उनले बेलायतका माइक ग्याटिङ्गको बिरुद्धमा ४ जुन १९९३ मा गरेको बलिङ्ग २० औ शताब्दीको सबैभन्दा उत्क्रिष्ट बल घोसणा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: