३ दिनसम्म चल्ने एसिया प्रहरी सम्मेलन काठमाडौंमा शुरु

Share:

काठमाडौं– काठमाडौंमा एसिया प्रहरी सम्मेलन नेपाल प्रहरी र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को संयुक्त आयोजनामा शुरु भएको छ ।

नेपालसहित १५ एसियाली देशहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरु सम्मेलित उक्त सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलनमार्फत समकालीन सुरक्षा चुनौतीको पहिचानका विषयमा मद्दत मिल्ने बताए ।

३ दिनसम्म चल्ने उक्त सम्मेलनमा दण्डहिनता तथा सुरक्षा चुनौती, आतंकवादविरुद्ध लड्न सुरक्षा संगठनहरुबीच समन्वयका विषयमा छलफल हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: