दशैँ सुरु हुने बेलासम्म पनि मनसुन नसकिने संकेत:मौसमविद् गंगा नगरकोटी

Share:

काठमाण्डौ  ।मनसुन अझै केही दिन सक्रिय हुने देखिएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने हावा र नेपालमै बनेको बादलले अझै केही दिन विभिन्न ठाउँमा पानी पार्ने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिईन्र ।यसकै असरले एक ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने तथा कतै ठूलो पानी पनि पर्न सक्ने तर लगातार झरीको संभावना भने नरहेको उहाँले बताउनुभयो । सामान्यतया सेप्टेम्बर २३ तारिखमा मनसुन सकिनुपर्ने भए पनि यस वर्ष अझै लम्बिने देखिएको हो । यसले गर्दा दशैँ सुरु हुने बेलासम्म पानी पर्ने क्रम नरोकिने भएको छ ।

आउँदो आइतबार दशैँको घटस्थापना हो । अझै केही दिन पानी पर्ने देखिएकाले दशैँको सुरुमा मौसम पूर्ण रुपमा सफा नहुने मौसमविद्को अनुमान छ । मनसुन सकिन लागेकाले अब केही दिन पानी पर्ने मौसमविद् नगरकोटीको भनाइ छ । सामान्यतया जुन १० तारिखमा पूर्वबाट प्रवेश गरेको मनसुन मध्य हुँदै पश्चिमसम्मै फैलिएर सेप्टेम्बर २३ मा पश्चिमबाट मध्य हुँदै पूर्वबाट बाहिरिन्छ ।तर अहिलेको अवस्था हेर्दा तत्काल पश्चिमबाट नै मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविदको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: