
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध विपक्षीद्वारा महाअभियोगको औपचारिक प्रक्रिया सुरुअमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् ।डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया पनि सुरु गरिसकेको छ ।
ट्रम्पमाथि आफ्ना डेमोक्रेट्स प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीमाथि दबाव दिने प्रयास गरेको आरोप छ । राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको भने स्वीकार गरेका छन् ।
नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको उल्लंघन गरेको आरोप पनि लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफका लागि तयार हुनुपर्छ, कानुनभन्दा माथि कोही पनि छैन ।’अहिलेसम्म अमेरिकाको कोही पनि राष्ट्रपति महाभियोगमार्फत् हटेका छैनन् ।जो बाइडनले पनि महाभियोगको प्रक्रियालाई समर्थन गरेका छन् । उनले भनका छन्, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हो, तर उनको आफ्नै व्यवहारले यस्तो भइरहेको छ ।’ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा सकारात्मक हुने बताएका छन् ।
