नेपालबाट ५ अर्ब रुपैयाँ विदेश लैजाने योजना विफल

Share:

काठमाडौं – कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। भारतीय ह्याकरको योजनामा लाहान शाखाबाट सो रकम बैंककै अन्य खातामा ट्रान्सफर गरिएको हो।

सो मध्ये ६० लाख रकम ह्याकर समूहले झिकेको र सो कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सो रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ। एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत छन्। घटनाको मुख्य योजनाकार मुम्बईमा रहेको प्रहरीले जनाएको छ।

‘अभियुक्तहरुले १०–१५ प्रतिशत कमिसन राखेर अरु पैसा मुम्बई पठाइदिने योजना रहेको प्रारम्भिक बयानमा उल्लेख गरेका छन्’,उनले भने, ‘घटनामा कैलाश विकास बैंकको पनि संलग्नता देखिएको छ। हामी अनुसन्धान गरिरहेका छौं।’

घटनाबारे समयमै अनुसन्धान गरेर ५ अर्ब रुपैयाँसम्म चोरिन सक्ने जोखिम टरेको प्रहरीको दाबी छ ।

कमेन्ट गर्नुहोस्
Share: