
पोखरा । उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ।
लोमान्थाङ गाउँपालिका वडा नमबर ५ तिरी खेजु डाँडाको अवलोकनको क्रममा बिरामी परेका ४५ वर्षीय फ्रान्सेली नागरिक जेन मार्क ब्लानचार्डको मृत्यु भएको हो ।
हिमालयन एक्स्प्लोर टेक्समार्फत लोमान्थाङ पुगेका उनको जोमजोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उच्च हिमाली भागमा लेक लागेर उनी बिरामी भएको र सोही कारणले उनको मृत्यु भएको बताइएको छ । उनी १४ एएल ७४५९० नम्बरको राहदानी बाहक हुन् ।
कमेन्ट गर्नुहोस्
