
चितवन। भ्रस्टाचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ।
चितवनको चौबिसकोटीमा शाहीको टोलीले आयोजना गरेको कार्यक्रममै शाहीमाथि निर्घात कुटपिट भएको हो। प्रहरीले शाहीको उद्दार गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै शाहीको खबरदारी सभा विथालेका हुन् । त्यस लगतै शाहीमाथि कुटपिट भएको हो।
पाँच छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गर्दा उनी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।
