
काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा आज सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई बहुमत मतले हराएर चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे । पाण्डेले १५ मत प्राप्त गरे ।
अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मत पाएर निर्वाचित भएका छन् । पाण्डे प्यानलका मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए ।
सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वाचित भए । उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत पाए कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए । उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए ।
