
कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । उनी १०६ रनमा अविजित रहे ।
नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । तर पारसले कप्तानी पारी खेले । त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।
दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । पारसलाई साथ दिएका आरिफ ३९ रनमा अविजित रहे । शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।
कमेन्ट गर्नुहोस्
