सार्वजनिक गाडीको रुट परमिट आजदेखि खुला, देशभर जहाँ पनि चल्न पाउने

Share:

काठमाडौं । दशैँको लागि सार्वजनिक गाडीको इजाजत पत्र अर्थात् रुट परमिट आइतबारदेखि खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न सक्नेछन् । दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ ।

यता दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना यात्रु काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

२४ घण्टामा ६२ हजार ७ सय १३ जना काठमाडौं भित्रिएका छन् । सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाडौं छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: