
काठमाडौं – नेपालि बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ। साताको पहिलो दिन आज आइतबार सुनको मुल्यमा ६ सय रुपैयाँ कम भएको छ।
शनिबार प्रतितोला ७० हजार ८ सयमा कारोवार भएको सुनको मूल्य आज ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
