
काठमाडौँ – नेपाल र संयुक्त अरब इमिरेट्स(युएई)बीच हवाई सम्झौता भएको छ। आइकाओको ४० औँ महासभामा क्यानडाको राजधानी मन्ट्रियलमा नेपाल र युएईबीच हवाई सम्झौता भएको हो।
यो संगै नेपालले ३९ देशसंग हवाई सम्झौता गरेको छ। सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएई तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गरेका छन्।
यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको थियो। सन् १९९९ मा पहिलोपटक सम्झौता भएको युएईसँग पछिल्लोपटक सन् २०१५ मा पुनरावलोकन भएको थियो।
कमेन्ट गर्नुहोस्
