
काठमाण्डौ। नेपाललाई आज सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो ।
आज राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् ।
सन् २०११ सालबाट सुरु गरिएको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमले अहिले ७७ जिल्ला नै खुला दिसा मुक्त जिल्ला घोषणा गरेको छ। सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
