नेपाललाई जिम्बावेसँग बदला लिने अवसर, नजर टी ट्वान्टी वरियतामा

Share:

सिंगापुर। सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत घरेलु टोलि सिंगापुरले जिम्बावेलाई पराजित गरे संगै नयाँ रेकर्ड कायम गरेको छ। आइतबार बेलुका भएको खेलमा सिंगापुरले जिम्बाब्वेलाई ४ रनले पराजित गरेको हो ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा भएको खेलमा सिंगापुरले दिएको १८२ रनको लक्ष्य पक्षयाएको जिम्बाब्वेले मात्र १७७ रन बनाउन सक्यो। यो संगै सिंगापुरले डिबिजन ३ को टोलिले टेस्ट राष्ट्रलाई हराउने रेकर्ड बनाएको हो ।

सिंगापुरले जिम्बावेलाई पराजित गरेपछि यो सिरिज निकै प्रतिस्पर्धात्मक बनेको छ । नेपाल, जिम्बाब्वे र सिंगापुरले समान २ खेलमा २ अंक जोडेका छन् । रनरेटको आधारमा नेपाल प्रथम स्थानमा रहेको छ भने जिम्बाब्वे र सिंगापुर क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

सिरिज अन्तर्गत नेपालले भोलि (मंगलबार) टेष्ट राष्ट्र जिम्बावेविरूद्ध दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार पुनः जिम्बावेविरूद्ध खेल्न लागेको हो ।

यस खेलमा नेपाल जित निकाल्दै सिरिज जित्ने अवसर मजबुत बनाउन चाहन्छ । साथै पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । यस्तै जिम्बाब्वे हिजोको हार पश्चात गल्ति सुधार्दै नेपाललाई पराजित गरेर तालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छ ।

यो सिरिजमा अहिले सम्म व्याट्स्मानले जादुमयी प्रदर्शन गरेपछि नंया किर्तिमानहरू बनेका छन् । शनिबार टी ट्वान्टीमा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तानका रूपमा पारस खड्काले नंया किर्तिमान बनाएका थिए ।

यस्तै आइतबारको खेलमा सिंगापुरका ब्याट्स्मानले उत्कृष्ट प्रदर्शन गरे पश्चात सिंगापुरले टेस्ट राष्ट्रलाई हराउने रेकर्ड बनाएको छ।

सिरिजमा व्याट्स्मानले आफ्नो जादु देखाई रहेका बेला नेपाली व्याट्स्मान भने खास्सै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । पहिलो खेलमा दिपेन्द्र सिंह ऐरीले ४१ र सोम्पाल कामिले २५ रन बनाउनु बाहेक अरूले राम्रो खेल्न सकेनन् ।

यस्तै दोश्रो खेलमा पारसले रन बनाए पनि ओपनर इशान पाण्डे ५ रनमै पभेलियन फर्किए । छोटो बाउन्ड्री रेखा र ब्याट्सम्यानमैत्री पिचमा ब्याट्सम्यान चल्न सकेमा नेपालले सिरिज आफ्नो बनाउन सक्छ किन भने नेपालका बलरले वर्षौ देखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

सिरिज जित्न सके आईसिसिको वरियतामा नेपाल शिर्ष १० मा आफुलाई अटाउन सक्छ । अहिले ११ औं स्थानमा रहेको नेपालले सिरिज जित्न सके शिर्ष १०  मा आफ्नो स्थान बनाउन सक्छ ।

कमेन्ट गर्नुहोस्
Share: