राष्ट्रिय क्रिकेट टिम आज ओमान जाँदै

Share:

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोली पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिजका लागि आज (बिहिबार) ओमान प्रस्थान गर्दैछन् । नेपाली टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने भएका हुन् । नेपाली टिम सिंगापुरको समय अनुसार दिउँसो ३ः१० बजे ओमान प्रस्थान गर्ने छन् । नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज खेलेर ओमान जान लागेका हुन् ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो। नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले गरे आमन्त्रण गरेपछि नेपालले सहभागिता जनाउन लागेको हो।

कमेन्ट गर्नुहोस्
Share: