महरा प्रकरण : रोशनी शाहीको डिभोर्स (पत्रसहित)

Share:

काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीको डिभोर्स भएको छ ।

२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको शाहीले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।

डिभोर्स पत्रमा लेखिएको छ ‘प्रिय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं ।’

रोशनीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय रोशनीले आफूलाई महराले दुर्व्यवहार नगरेको बयान दिँदै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्
Share: