नेपाली मुलकी यी चेली जसले इंग्ल्याण्डको टिममा बनाइन् आफ्नो स्थान

Share:

काठमाडौं । अश्मिता आले मगर नेपाली मुलकी चेली हुन् । १७ वर्षिया अश्मिताका पिता अमृत आले पूर्व गोरखा सैनिक हुन्। बुबा आले क्विन्स गोरखा सिंगलका सैनिक हुन् ।

तनहुँ घर भएका पूर्व सैनिक आले स्क्वासको राष्ट्रिय खेलाडी हुन् । उनी आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण पनि रहेका थिए ।

उनकी छोरी अश्मिता अहिले इंग्ल्याण्डको यू-१९ राष्ट्रिय फुटबलमा टिममा परेकी छिन् । एस्टन भिल्लाबाट डिफेन्डरका रुपमा खेलिरहेकी अश्मिता यस अघि इंग्ल्याण्डको यू-१६ टोलीबाट समेत खेलिसकेकी छिन् ।

युइएफए वुमन्स यु-१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर अस्मिता परेकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: