म्याग्दीको औलागाउँमा चितुवाको आतंक, घर बाहिर निस्कनै मुस्किल

Share:

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाको आतंक मच्चिएको छ। चितुवाको आक्रमणबाट एक हप्तामा चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन्।

चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएका छन्। चितवाले टीका घताने र धनकुमार विकको खोरका दुई/दुई बाख्रा र दुई कुकुर मारेको छ।

सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका छ कुखुरा खोरभित्रै पसेर चितुवाले खाएको छ। चितुवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेको र शौचालय जानलाई समेत त्रास भएको स्थानीको भनाई छ।

चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीयले बाख्रा, कुखुराको खोर मर्मत गरेका छन्। मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन्।

जङ्गलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको स्थानीयको भनाई छ।

कमेन्ट गर्नुहोस्
Share: