एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनको भिडियो संदेश

728
0
Share:

काठमाण्डौ। एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड सुपरस्टार अभिनेता अमिताभ बच्चनले भिडियो संदेश पठाएका छन् । भदौ २० गते १४ वर्षकी मुस्कानलाई वीरगन्जमा विद्यालय जाने क्रममा दुई युवकले एसिड प्रहार गरी घाइते बनाएका थिए।

एसिड प्रहारपछि मुस्कान अस्पतालमा उपचार गरिरहेको थाहा पाए पश्चात बच्चनले ट्वीटरमार्फत मुस्कानलाई भिडियो सन्देश पठाएका हुन्।

भिडियोमा बच्चनले मुस्कानसंग भएको घटना निकै अप्रिय रहेको र यस्तो घटना कोहिकसैलाई नहोस भन्दै आशा व्यक्त गरेका छन्। उनले दोषीले छिटै सजाय पाउने र नेपालमा यस्ता घटना न्यूनीकरणका लागि कडा कानुन बन्ने पनि आशा जनाएका छन्।

हेर्नुहोस बच्चनको भिडियो संदेश :

कमेन्ट गर्नुहोस्
Share: