
पोखरा ।पोखरामा जिपले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
शनिबार विहान भण्डारढिकबाट पोखरा आउँदै गरेको ग २ च ९९५० नम्बरको बलेरो जिपले विपरित दिशा तर्फ जाँदै गरेको ग १५ प ४३८० नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारमा ठक्कर दिएको हो ।
मृत्यु हुनेमा कास्की पोखरा ३० शिशुवा बस्ने २३ वर्षीय चालक हिमाल गुरुङ स्कुटी र सोही स्कुटीमा सवार २२ वर्षीय रक्ष गुरुङ रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाईते भएका उनीहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका कास्की प्रहरीले जनाएको छ ।
साथै ठक्कर दिने जिप र चालक पोखरा २९ भण्डारढिक बस्ने ३८ वर्षीय दिपक नेपालीलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।
