नवरात्रको सातौँ दिन : कालरात्रिको आराधना, आजै फुलपाति भित्राईंदै

Share:

पोखरा । आज नवरात्रको सातौँ दिन अर्थात् फूलपाती । नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ।

साथै शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा हिन्दू परम्पराअनुसार दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती भित्राएर मनाउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ।

घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखि नै सुरु हुन्छ । घर–घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ । आजैदेखि दशैको विदा पनि सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: