भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु (फोटो फिचर)

Share:

पोखरा । पोखराको फेवाताल किनारामा रहेको नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनीको समाजसेबी शोभियत अधिकारीले ब्यानरमा हस्ताक्षर गरि उद्घाटन गरे ।

आगरा, पन्जाब, राजस्थान, चन्डिगढ, दिल्ली लगायतका ११ कलाकारहरु र पोखराका नौ कलाकारहरुको संयूक्त प्रदर्शनी नगेन आर्ट लाउन्ज बारमा बिहान देखि बेलुुका सम्म अबलोकनगर्ने ब्यबस्था मिलाएका नगेन आर्ट लाउन्ज बारको अध्यक्ष नमा खाँण ठकुरीले बताए।

बडा दशैको अवसरमा असोज १७ देखि असोज २८ गते सम्म हुने मैतिपूर्ण भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा २० कलाकारहरुका ३३ कलाकृतिहरुको अबलोकल एक साथ हेर्ने अबसर मिलाकोमा नगेन आर्टलाई कलाकार यादव चन्द्र भुर्तेलले धन्यबाद दिए । सो अबसरमा नेपाल कला ग्यालरी संघका सचिब ढाका भट्टराई, गोबिन्द लामिछाने, लगाएतले मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रमको सभापतिमा नगेन आर्ट लाउन्ज बारको अध्यक्ष नमा खाँण ठकुरी रहेका थिए भने कार्यक्रम संचालन लाल बहादुर कार्कीले गरेका थिए।

 

कमेन्ट गर्नुहोस्
Share: