मादीमा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Share:

पोखरा । मादी गाउँपालिका -५ कास्कीमा मा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विविध सांस्कृतिक कार्यक्रम सहित आगन्तुक पाहुनाबिच शुभकामना आदनप्रदान गरेर कार्यक्रम मनाइएको छ ।

वडाध्यक्ष रतन बहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा उपस्थित अतिथिले शुभकामना मन्तव्यसहित चाडबाडसंगै शान्ति, सुशान र समृद्धिको वर्ष बनाउने कुरामा प्रतिबद्दता समेत जनाएका थिए ।

शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक सरोज केसीले गरेका थिए भने शतिश लामिछानेले कार्यक्रमको संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: