पोखरामा भीषण वर्षा, दशैं हिलाम्य हुने संकेत

Share:

पोखरा । पोखरा र आसपासका क्षेत्रमा अहिले भीषण वर्षा भैरहेको छ। बेलुकी ५ बजेदेखि पर्न थालेको पानी अझै रोकिएको छैन् ।

पोखरामा भदौ अन्तिमदेखि पानी पर्ने क्रम रोकिएको छैन् । दशैंको समयमा पानी पर्दा यसपटकको दशैं हिलाम्य हुने संकेत देखिएको छ ।

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास एउटा निम्न चापीय प्रणाली र अर्को निम्न चापीय प्रणाली बंगलादेश आसपास रहेकोले त्यसकै प्रभाव र स्थानीय वायुको समेत सामान्य प्रभाव परेकोले मौसममा बदली कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता मनसुन सक्रिय गराउने तत्वहरू क्रमशः कमजोर हुँदै गएकाले आजभन्दा भोलि मौसम अझ सुध्रिँदै जाने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले गरेको तीन दिनसम्मको मौसम अुनमान

असोज १८ गते शनिबार

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा र पश्चिमी भूभागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १९ गते आइतबार

दिउँसो : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा र पश्चिमी भूभागमा आंशिक बदली रही १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २० गते सोमबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: