आज दशैको महाअष्ठमी: लाखौ पशुको बलि दिइदै

902
0
Share:

काठमाडौं  । नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकका दक्षीणकाली, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, नरदेवी, बज्रबाराही, बज्रबाराही बंगलामूखि लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड लागेको छ । त्यस्तै गोरखाको गोरखकाली, चितवनको मौला कालिका, काभ्रेको पलाञ्चोक भगवती, नेपालगञ्जको बागेश्वरी, धादिङको त्रिपुरासुन्दरी लगायत देशैभरका शक्तिपीठमा भत्तलजनको घुइँचो लागेको छ ।

शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवलीे बलि दिने प्रचलन छ । मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्
Share: