बडा दशैंको अत्यन्त ठूलो महिमा – प्रदेश प्रमुख कुँवर

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बडा दशैं २०७६ को अवसरमा गण्डकी प्रदेशवासीसहित देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

महाअष्टमीका दिन आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले बडा दशैं कुनै निश्चित समुदायले मात्रै नभई अधिकांस नेपालीहरुले धुमधामका साथ मनाउने गरेको उल्लेख गरेका छन् ।

‘समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा बडा दशैं नै हो, जसको अत्यन्त ठूलो महिमा छ’ प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ‘ खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने बडा दशैंले मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।’

प्रदेश प्रमुख कुँवरले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको सन्देशमा उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: