
अशोक विश्वकर्मा, पोखरा । पछिल्लो समयमा अतिआधुनिक शैलिका गित सँगितमा नेपाली युवाहरुको आकर्षण बढ्न थालेको छ । परम्परागत शैलीका गित संगितभन्दा पृथक लाग्ने अतिआधुनिक(¥याप) शैलीका गितले किशोर अवस्थाका युवा युवतीहरुको मन जितेको पाइन्छ ।
विशेष गरि युवा युवतीहरुको समुहमा बोलिने भाषालाई जस्ताको तस्तै प्रस्तुत गरिने र फरक शैलीको भएर पनि युवा पुस्ताको आकर्षण बढेका पाइन्छ । केही समय अघि सम्म छाडा गितको रुपमा लिइने यस प्रकारको गित सँगितमा नेपाली युवा पुस्ताको आगामन बढ्दै जान थालेपश्चात ¥यापमा समेत गम्भिर सामाजिक विषय बस्तुहरुले स्थान पाउन थालेको छ ।
नेपालको बेरोजगारी, गरिबी, अशिक्षा, भ्रष्टचार, बलात्कार लगायतका पाटोलाई नेपाली युवाहरुले ¥याप गितमा मार्मिक रुपमा प्रस्तुत गर्न सुरु गरेका छन् । यसै सन्दर्भमा तनहुँबाट अतिआधुनिक शैलीको गितमार्फत बैदेशिक रोजगारीका बाध्यतालाई समेटेर नवगायक नविन सुनारले “प्रदेशीको दशै” बोलको गित सार्वजनिक गरेका छन् ।
नेपालीहरुको महान् पर्व विजया दशमीमा परिवारबाट टाढिर चाडपर्व मनाउन नपाएका अधिकाँश युवायुवतीको पिडालाई गित मार्फत सुनारले प्रस्तुत गरेका छन् । उनले समाज परिबर्तन र नेपालीहरुको बाध्यता न्यूनिकरण गरिनुपर्ने भन्दै सकरात्मक दवावमुलक र सन्देश मुलक गित भएको बताए । सुनारको गित यूनिक आइयुट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो :
