
काठमाडाैँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ११ लाख भन्दा बढी मोबाइल सेट विश्वका विभिन्न देशबाट नेपाल भित्रिएको छ ।
भन्सार विभागमा अनुसार चालू आव २०७६/०७७ को पहिलो दुई महिना साउन र भदौमा मात्रै ११ लाख ४ हजार ५ स्सय १७ सेट मोबाइल नेपाल भित्रिएको छ।
यसरी भएको मोबाइल आयातमा मात्रै नेपालबाट ५ अर्ब १० करोड ४६ लाख ३६ हजार रुपैयाँ बाहिरिएको छ। जसबाट सरकारले ८० करोड ८१ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।
कमेन्ट गर्नुहोस्
