दशैं टीकाको दोश्रो दिन आज पनि टीका लगाइदै

Share:

पोखरा- विजयादशमीको टिका लगाउने कर आज एकादशीका दिन पनि जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिकाे विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

कमेन्ट गर्नुहोस्
Share: